Tuesday, February 5, 2019

चाढैनै चल्ने भयो काँकडभिट्टादेखि-बुटवलसम्म रेल


काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ । मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो ।सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ ।
झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ । बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ ।
‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ,’ उपाध्यायले भने । लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।
उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ । मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ । आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ ।
सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ । पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन् २००८ देखि काम शुरु भएको हो, जसको डीपीआरले अन्तिम रुप पाउन अझै वर्षदिन लाग्ने देखिएको छ । निर्माण शुरु भएका इलाकामा पनि कछुवा गतिमा काम भइरहेको छ ।
उक्त रेलमार्ग निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकारसँग छलफल अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले असोज अन्तिम साता जापान भ्रमण क्रममा आफ्ना समकक्षी कासुनुरी ताकाहासीसँग त्यससम्बन्धि प्रस्ताव गरेका थिए । यसबारे काठमाडौंस्थित जापानी दूतावासका अधिकारीहरुसँग पनि केही चरणका छलफल भएका छन् । तर, निष्कर्ष निस्किइसकेको छैन ।अनलाइन खबर बाट।

Sunday, June 17, 2018

earn money

today i am going to show you how to earn money in nepal. comming soon.

Tuesday, December 19, 2017

चीनले एकै पटक १० ठाउँमा हान्न सक्ने संसारको सबैभन्दा शक्तिशाली मिसाइल बनायो !


चीन संसारकै सबैभन्दा शक्तिशाली आणविक हतियारको धनी देश बनेको छ । संसारको जुनसुकै ठाउँमा प्रहार गर्न सकिने मिसाइल चीनमा तयार भएको छ । चीनले अब यो मिसाइललाई सेनामा सामेश गर्ने भएको छ ।

सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन् ।

चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गरिएको थियो । ‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् ।
ई नेपाल पोस्ट

सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ । रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ । 

नया नियम: अब विदेशबाट पठाएको एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने !


काठमाडौं, मंसिर १६ –रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख रुपैयाँसम्म भए नगदमा र त्यसभन्दा बढी बैक खातामार्फत भुक्तानी दिनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो । यसअघि रेमिट्यान्स कम्पनीहरुले जति भए पनि नगदमै भुक्तानी गर्दै आएका थिए ।

रेमिट्यान्स कम्पनीले सम्बन्धित विप्रेषण कम्पनीहरुको सिस्टम प्रयोग गरी स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार पनि गर्न नपाईनले बैकले नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, तथा रेमिट्यान्सलगायत भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय कारोबारमार्फत गर्न पाउने खर्चको सीमा तोक्न लागेको हो ।

भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्ने र त्यसकै आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ ।
From ujyalo online

अमेरिकाद्वारा नेपालको प्रशंसा !


काठमाडौं- अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्वपुर्ण कोसेढुंगा हो ।’
निर्वाचनले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउने विज्ञप्तिमा उल्लेख छ । पाँच चरणमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मुलुकभर सम्पन्न गराउन, सुरक्षित र सुव्यवस्थित बनाउनसरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिले अथक प्रयास र योगदान गरेको भन्दै अमेरिकाले प्रशंसा गरेको छ ।
संवैधानिक रूपमा व्यवस्था गरिएको प्रत्यक्ष निर्वाचनको अन्तिम चरणको समापनसँगै नेपाली जनताका लागि महत्वपुर्ण अवसरका ढोका खुलेको अमेरिकी बुझाइ छ । निर्वाचन, संघीयता र सरकारी निकायको सबलीकरणका माध्यमबाट हुने संविधान कार्यान्वयनले राजनीतिक स्थायित्वको नयाँ युग सुरु गर्ने विश्वास अमेरिकाले लिए को छ | 
nagarik news

एशियाकै अग्लो बञ्जीजम्प अब नेपालको पर्वतमा, मंसिरको अन्तीम साताबाट संचालनमा आउने


यो बञ्जीजम्प भोटेकोसी भन्दा ६५ मिटर अग्लो छ । बञ्जी र स्वीमीङका लागी बनाइएको पुलमा दैईटा ठुलाठुला एडभर्सज रहेको ब्यवसायी राजु कार्काको भनाई छ । यसमा चार देखी पाँच सेकण्ड सम्मको फ्रीफल हुने अर्का व्यवसायी युवराज जोशीको भनाई छ ।यो संगै बञ्जीखेलमा रम्न र खेल्न आउने पर्यटका लागी बलेवाको पार्कमा रिर्सट निमार्ण कार्य समपन्न हुन लागेको छ ।

सुरक्षित उडानका लागि बुद्ध एयरले अत्याधुनिक प्रविधि अपनाउँदै


काठमाडौं । बुद्ध एयरले सुरक्षित उडानका लागि सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित प्रविधि अपनाउने भएको छ ।  कम्पनीले यात्रु र चालक दलको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको भन्दै खतरायुक्त उडानबाट हुने छोटो प्रतिफलभन्दा सुरक्षित यात्रामा विश्वास गर्न उक्त प्रविधि अपनाउने जनाएको हो ।

कम्पनीका अनुसार उडान सञ्चालन समुहले उच्चतम् प्रविधि र प्रणालीमार्फत उडान सुरक्षाका लागि काम गर्दछ । ती सदस्यहरुले ‘नेक्ट जेनेरेसन’, ‘सिस्टम नोटप्याड’, ‘डिस्प्याच लक’ लगायत प्रणालीको प्रयोग गर्दै समयमै सुरक्षित उडान भर्ने व्यवस्था मिलाउने बुद्ध एयरले जनाएको छ ।
सुरक्षित उडानका लागि हरेक किसिमको तयारी गरेको बुद्ध एयर अन्र्तगत अपरेशन कन्ट्रोल सेन्टरका प्रवन्धक उमेश खड्काले जानकारी दिए । “अपरेशन कन्ट्रोल सेन्टरले विमानस्थलमा मौसमको अवस्था, आकस्मिक अवतरणका लागि भैपरी आउने विमानस्थलको अवस्था, जहाज लगायतको सुक्ष्म अध्ययन गरी पूर्ण रुपमा यात्रा सुरक्षित बनाउने गर्दछ,” उनले भने “हरेक दिनका उडान सञ्चालनका चुनौतिपूर्ण हुन्छ ।”
उनका अनुसार सेण्टरको उद्देश्य सूचिकृत उडानहरुलाई समयमै विश्वसनीय र सुरक्षित तवरले पठाउनु हुनेछ । कम्पनीले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राखेको छ । अपरेशन कन्ट्रोल सेन्टर र उडान गराउने समूह सधैं कुन उडान सञ्चालन गर्ने र कुन उडानलाई रद्द गर्ने भन्ने तत्परताका साथ बस्नुपर्ने बुद्ध एयरले जनाएको छ ।

पछिल्लो समय बढ्दो एयर ट्राफिकका कारण समयमै उडान भर्नु निकै चुनौती रहेको कम्पनीको भनाइ छ ।  कहिलेकाही धावनमार्ग चर्कँदा/बिग्रिँदा घण्टौ उडान स्थगित हुने गर्दछ । कुनै बेला गन्तव्यका विमानस्थलहरु खराब मौसम र कम भिजिबिलिटीका कारण नखुल्ने बुद्ध एयरको भनाई छ । त्यसैगरी उडान र अवतरण गरिने विमानस्थलमा मौसमको समस्या नभए पनि आकस्मिक अवतरणका लागि पहिचान गरिएको विमानस्थलमा उक्त समस्या हुन जान्छ । जसकारण उडान विलम्व÷रद्द हुने कम्पनीले बताएको छ । #baahrakhari